मकवानपुरगढीको ४ ओटा वडाको मत गन्दा पालिका अध्यक्षमा १५ सय ७३ मतान्तर


२ बैशाख,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा सोमबार(आज) बिहानसम्म ४ ओटा वडाको अन्तिम मत परिणाम आएको छ । वडा नंम्बर १,२,७ र ८ को अन्तिम मतगणनाको परिणाम आएकोमा सबै वडामा कांग्रेसले प्यानल सहित जितेको छ । ४ ओटा वडाको अन्तिम मतगणना गरिसक्दा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले एमालेसँगको अग्रता फराकिलो बनाएको छ ।

गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे लामा स्याङ्तान एमालेका अध्यक्ष उम्मेदवार विदुर हुमागाँई भन्दा १५ सय ७३ मतान्तरले अगाडी रहेका छन् । ४ ओटा वडाको मतगणनामा स्याङ्तानले ३५७९ मत प्राप्त गर्दा हुमागाँईले २००६ मत मात्र प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी मान कुमारी पाख्रिनले एमालेका उम्मेदवार सन्तु थिङलाई १३ सय ६० मतान्तरले पछाडी पारेकी छन् । गठबन्धनकी पाख्रिनले ३२ सय ३६ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार सन्तु थिङले १८ सय ७६ मत प्राप्त गरेकी छन् । अहिले वडा नंम्बर ३ र ६ को मत गणना जारी रहेको छ ।

बागमती प्रदेश मुख्य समाचार राजनीति