मकवानपुरगढी ६ मा ५० मत अन्तरले वडाध्यक्षमा कांग्रेसका बजगाई विजयी


२ जेठ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ मा नेपाली कांग्रेसका कृष्ण बजगाई विजयी भएका छन् । बजगाई निकटतम प्रतिद्वन्द्वी एमालेका टिकाप्रसाद दाहाललाई ५० मतको अन्तरमा विजयी भएका हुन् । बजगाईले ८५१ मत प्राप्त गर्दा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार टिका प्रसाद दाहालले ८०१ मत प्राप्त गरेका थिए ।

यस वडामा वडा अध्यक्ष बाहेक अरु सबै ४ जना एमालेबाट उमेदवार बनेका सदस्यहरले जित हाँसिल गरेका छन् ।

मतगणनामा एमालेका गाउँपालिकाका अध्यक्षका उम्मेदवार बिदुर हुमागाईले ९७१ मत प्राप्त गर्दा गठबन्धनका तर्फका उमेदवार नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले ६२३ मत प्राप्त गरेका छन् ।

यस अघि गाउँपालिकाको वडा नं १,२,७ र ८ वडामा वडाध्यक्ष सहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । अब ३,४ र ५ वडाको परिणाम आउन बाँकी छ । अहिले वडा नं ३ को मतगणना जारी रहेको छ ।

बागमती प्रदेश मुख्य समाचार राजनीति