गठबन्धनको सामना गर्दै मकवानपुरगढी ३ मा एमालेबाट वडाध्यक्ष घिमिरे सहित प्यानलै विजयी


३ जेठ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ मा कडा गठबन्धनको सामना गर्दै एमालेका उमेदवारहरु निर्वाचित भएका छन् ।

वडा अध्यक्षमा गठबन्धनका साझा उमेदवार अर्जुनप्रसाद दाहाल सहित गठबन्धनका अन्य सदस्यका उमेदवारहरुलाई पराजित गर्दै एमालेका उमेदवारहरु वडा अध्यक्षमा निवर्तमान वडा अध्यक्ष भागवत घिमिरे सहित प्यानल नै विजयी भएको हो ।

वडा अध्यक्षमा प्रतिस्पर्धी अर्जुनप्रसाद दाहाललाई ५७ मतको अन्तरमा घिमिरे पुनः निर्वाचित भएका हुन् । घिमिरेले ९४३ मत पाउँदा दाहालले ८८६ मत पाएका छन् । यसैगरी सदस्यहरुमा महिला सदस्य मन्जु योन्जनले १०१३ , दलित महिला सदस्य बिमला बिकले ९९६ , खुल्ला सदस्यहरूमा प्रेमबहादुर थोकरले ९९६ र बिदुर हुमागाईले १०३० मत गरेका छन् ।

वडा अध्यक्षमा निर्वाचित भए पश्चात् घिमिरेले आफुले वडा अध्यक्षमा रहँदा गरेको कामको मुल्यांकन गरि पुनः निर्वाचित गरेकोमा सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिएका छन् । अब आफ्नो टिमले आगामी पाँच वर्ष अधुरा रहेका विकासका कामलाई पूरा गर्नुका साथै नयाँ योजनाहरु सहित वडाको समुचित विकासमा ध्यान दिने बताएका छन् ।

बागमती प्रदेश मुख्य समाचार राजनीति