दुग्ध सहकारीकर्मी कर्मचारी सहकारीको साधारणसभा सम्पन्न,पुनः दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


१५ साउन,हेटौंडा – मकवानपुर जिल्लामा रहेका दुग्ध सहकारी संस्थाहरूमा कार्यरत कर्मचारीहरुको पेशागत सहकारी दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि. को आठौं वार्षिक साधारणसभा आज आइतबार सम्पन्न भएको छ ।

साधारणसभामा प्रमुख अतिथि केन्द्रिय दुग्ध सहकारी संघ एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले समयमै साधारणसभा सम्पन्न गर्न सफल भएकोमा संस्थालाई धन्यवाद दिँदै कर्मचारीहरुको सहकारी भएका कारण संस्थाले हरेक हिसाबले उदाहरणीय काम गरेर देखाउनु पर्ने धारणा राख्नुभयो । दुग्ध क्षेत्रमा हरेक खालका चुनौतीहरु रहेको भन्दै उहाँले त्यस्ता चुनौतीहरुलाई सफलता पुर्वक सामना गरि अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीले सहकारी संस्थाले बचत तथा ऋणको मात्र कारोबार नगरी संगठित रुपमा पेशागत हकहितका बारेमा समेत चासो राख्नुपर्ने धारणा राख्नुभयो । कतिपय दुग्ध सहकारी संस्थामा काम गर्ने कर्मचारीहरुले सहकारी सक्षम हुँदा समेत न्युनतम पारिश्रमिक नपाएको भन्दै न्युनतम पारिश्रमिक कायम गर्नुपर्नेमा जोड दिनु भयो ।

आज सम्पन्न भएको भेलाले सहकारी संस्थाको नयाँ नेतृत्व समेत चयन गरेको छ । संस्थाको नयाँ कार्यसमितिको अध्यक्षमा पुनः निवर्तमान अध्यक्ष कुमारमणि दाहाल चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा पुनः बलराम घिमिरे , सचिवमा गोविन्द प्रसाद तिमल्सिना तथा कोषाध्यक्षमा पुनः नवराज गौतम चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा लक्ष्मण सापकोटा , ईश्वर बस्नेत , शशी लम्साल , लक्ष्मी सापकोटा र युवराज लामिछाने चयन हुनुभएको छ ।

त्यसैगरी संस्थाको लेखा समितिको संयोजकमा दामोदर अधिकारी तथा सदस्यहरूमा राजकुमार खड्का र सुमित्रा तिमल्सिना चयन हुनुभएको छ ।

साथै भेलाले संस्थापक संचालक एवम् सदस्यहरुबाट पाँच सदस्यीय सल्लाहकार समिती चयन गरेको छ । जसमा बलराम हुमागाँई , बिदुर हुमागाई , गोविन्द दाहाल , झलक शर्मा र मन्दिरा ढकाल रहनु भएको छ ।

संस्थाका अध्यक्ष कुमारमणि दाहालको अध्यक्षता तथा केन्द्रिय दुग्ध सहकारी संघ एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका अधिकृत पुरुषोत्तम मिश्र , जिल्ला दुग्ध सहकारी संघका लेखा समिति संयोजक इन्द्र प्रसाद खतिवडा , संचालक समिति सदस्य , सावित्री तिमल्सिना , ज्ञानेन्द्र ढुङ्गाना , किसान दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष हेमप्रसाद न्यौपाने लगायतकाको आतिथ्यता रहेको कार्यक्रम संस्थाका सचीव गोविन्द दाहालले संचालन गर्नुभएको थियो । भेलाले अध्यक्ष कुमारमणी दाहाल तथा कोषाध्यक्ष नवराज गौतमले प्रस्तुत गर्नुभएको प्रतिवेदनहरु सर्वसम्मत पारित गरेको छ ।

भेला जिल्ला दुग्ध सहकारी संघको दुग्ध प्रशोधन परियोजना स्थल भिमफेदी गाउँपालिका वडा नम्बर १ बुङ्दलमा भएको हो ।

बागमती प्रदेश मुख्य समाचार समाचार सहकारी