हस्तसामाग्री निर्माण सम्बन्धि तालिम लिएकालाई प्रविधि हस्तान्तरण

२३ जेठ,मक्रान्चुली- गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत आज एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले तालिम लिएका र उद्यम शुरुवात गरेका सहभागीहरुलाई बाँस तथा निगालोका हस्तसामाग्री निर्माणका लागि प्रविधि हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण गरिएका सामाग्रीमा बाँस काट्ने ईलेक्ट्रिक कटर मेशिन र ड्रिल मेशिन रहेका छन् ।

मकपानपुरगढी गाउँपालिका वडा न. २ शिखरकटेरीमा गत बैशाख १५ देखि जेठ ३ गतेसम्म २० दिन बाँस तथा निगालोका हस्तसामाग्री निर्माण सम्बन्धि तालिम संचालन भएको थियो ।

मकवानपुरगढी गाउँपालिका वडा न. २ का वडाध्यक्ष बखान सिं पाख्रिनको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता र उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको विशेष आतिष्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य रामप्रसाद चौरेल, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, उद्यम विकास सहजकर्ता प्रतिमा डाँगी लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले सिकेका सीपहरु व्यवहारमा उतार्न र नयाँ लघु उद्यमी सृजना गर्न प्रविधि हस्तान्तरण गरिएको बताउनुहुँदै कार्यालयमा प्रयोग भैरहेको प्लाष्टिकजन्य डस्टवीनलाई हटाएर अब गाउँपालिकाको कार्यालय र सवै वडा कार्यालयहरुमा तालिमका सहभागीहरुले उत्पादन गरेको बाँसको डस्टवीन र बाँसको टि-टेबल राखिने समेत बताउनुभयो ।

कृषि समाचार मुख्य समाचार रोचक समाज