जिल्ला दुग्ध सहकारी संघको हेटौंडा- ४,पशुपति मन्दिर रोडमा नयाँ काउण्टरको शुभारम्भ, काउन्टरको संख्या ३ पुग्यो

हेटौंडा – मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको तेस्रो बिक्री काउन्टर हेटौंडा उपमहानगरपालिका वडा नं ४ पशुपति मन्दिर रोडमा शुभारम्भ गरिएको छ ।

संघका सल्लाहकार एवम् जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष श्री नारायण प्रसाद देवकोटाको उपस्थितिमा काउण्टरको आइतबार शुभारम्भ भएको हो ।

संघमा आवद्ध विभिन्न दुग्ध उत्पादक सहकारी संस्था मार्फत संकलन गरिएको दुध तथा संघले संचालन गरेको दुग्ध उद्योगबाट उत्पादन भएका दुग्धजन्य पदार्थहरु काउण्टरबाट बिक्री गरिने संघले जनाएको छ ।

एक महिना अघि भुटनदेवी माविको पुर्वी सटरकोठामा संघको दोश्रो काउण्टर स्थापना भएको थियो । संघको आफ्नै कार्यालय रहेको हेटौंडा १ चौकिटोलमा दुध तथा दुग्ध पदार्थको काउण्टर पहिले देखि नै संचालनमा रहेको छ ।

संघले भिमफेदी १ बुङ्दलमा दुग्ध उद्योग स्थापना गरेको छ । त्यही उद्योगबाट उत्पादित दुग्ध पदार्थहरु दहि , पनिर , नौनी , घ्यू लगायत काउण्टरबाट बिक्री गरिने संघका अध्यक्ष हरि प्रसाद कडेलले बताउनुभयो । अध्यक्ष कडेलले हेटौंडाका थप केहि स्थानमा अझै संघका थप काउण्टर स्थापना गरिने योजना रहेको पनि बताउनु भएको छ ।

मकवानपुर जिल्लामा रहेका दुग्ध सहकारी संस्थाहरुले संकलन गरेको दुध संघको बिक्री समन्वयमा विभिन्न उद्योगहरुमा बिक्री गरिएको दुधको भुक्तानी पाउन ढिलाई भएका कारण दुग्ध उत्पादक किसानलाई दुधको भुक्तानीमा समेत समस्या भइरहेको अवस्थामा काउण्टरले भुक्तानीमा केहि सहजता हुने विश्वास गरिएको साथै उपभोक्ताले समेत गुणस्तर उत्पादन उपभोग गर्न पाउने संघका निमित्त ब्यवस्थापक दामोदर अधिकारीले बताउनुभयो ।

काउण्टर उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायण प्रसाद देवकोटा संघका अध्यक्ष हरि प्रसाद कडेल, उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, लगायत संघका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ मार्फत हाल करिब दैनिक ४५ हजार लिटर दुधको कारोबार भैरहेको संघका निमित्त ब्यवस्थापक दामोदर अधिकारीले बताउनु भयो । विभिन्न चाडवाडहरु परेकोले स्थानीय स्तरमै दुधको खपत बढेका कारण अघिल्लो महिना भन्दा साउन महिना यता दुध संकनमै केहि कमि भएको उहाँले बताउनु भएको छ ।

अर्थ मुख्य समाचार मुख्य समाचार (flash news) रोचक समाचार समाज सहकारी