बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने सहमति भएसँगै दुग्ध किसानको आन्दोलन स्थगन


काठमाडौँ — बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने सहमति भएसँगै दुग्ध किसानको आन्दोलन स्थगन भएको छ । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना र केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ, नेपाल डेरी एसोसियसनका पदाधिकारीबीच ६ बुँदे सहमति भएको हो ।

दुग्ध उत्पादक कृषकलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार मसान्तसम्मको २०८२ असोज ५ गतेभित्र गर्ने सहमति भएको छ ।

त्यस्तै साउनमसान्त सम्मको बाँकी बक्यौता रकम २०८२ असोज ३० गतेभित्र, भदौ मसान्तसम्मको बाँकी बक्यौता रकम कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको छ । त्यसपछि बाँकी पैसा नियमित रूपमा भुक्तानी गर्दै जाने र नियमित भुक्तानी गर्ने उद्योगीले सोहीबमोजिम गर्ने सहमति भएको छ ।

दूधको बक्यौता तिर्न भन्दै डीडीसीले २०७८ यता अर्थ मन्त्रालयसँग पटक–पटक गरी १ अर्ब २५ करोड ऋण लिएको छ । तर सुक्खा सिजनमै किसानको बक्यौता बाँकी नै छ । डीडीसीले मात्र दुग्ध किसानलाई तिर्नुपर्ने बक्यौता रकम झन्डै एक अर्ब रुपैयाँ रहेको बताइएको छ ।

दुग्ध किसानले सरकारी र निजी गरी विभिन्न दुग्ध उद्योग सँग झन्डै ३ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ । तर किसानलाई पैसा दिन ढिलाइ गरिरहेको डिडिसीले पोखरामा जग्गा किन्न खोजी गरिरहेको बुझिएको छ ।

सहमति यस्तो छ :

अर्थ कृषि समाचार मुख्य समाचार मुख्य समाचार (flash news) समाचार