चट्याङ लागि हेटौंडामा एक जनाको ज्यान गयो

हेटौँडा- चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका वडा नं १५ कमेरोपानीमा एक जनाको ज्यान गएको छ । 

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका वडा नं १६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको ज्यान गएको हो । उनको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर प्रजाको मृत्यु भएको हो । शवपरीक्षणका गर्नका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज