हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था लि. को २७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

साविक मकवानपुरगढी गाविसका ९ ओटा वडा तथा हाल मकवानपुरगढी गाउँपालिकाको वडा नं १ देखि ४ कार्यक्षेत्र रहेको सहकारी २०५५ सालमा स्थापना भएको हो । संस्थामा हाल १ हजार ४ सय १३ जना शेयर सदस्य रहेका छन् भने संस्थाको शेयरपुँँजी ३४ लाख ६७ हजार रहेको छ ।

संस्थाले सदस्यहरुबाट ५ करोड ६१ लाख ८७ हजार रुपैया बचत संकलन गरी ६ करोड भन्दा माथि ऋण लगानी गरेको छ । संस्थाले आर्थिक वर्ष ०८१/०८२ मा झण्डै ७ करोड १८ लाखको कारोबार गरेको संस्थाकी ब्यवस्थापक सुभद्रा घिमिरेले जानकारी दिनुभयो ।

संस्थाले स्थापनाकाल देखि सदस्यहरुको आयआर्जन गर्ने उदेश्यले सदस्यहरू बिच पाठापाठी साटासाट कार्यक्रमलाई हाल सम्म निरन्तरता दिइरहेको छ । जुन कार्यक्रम बाट करिब ८ सय जना सदस्यहरु लाभान्वित भएको संस्थाकी अध्यक्ष जानकी दहालले बताउनुभयो । संस्थाले सदस्यहरुले उत्पादन गरेको बेसारलाई आफ्नै उद्योग मार्फत कुटानी पिसानी गरि बिक्री बितरण गर्दै आईरहेको र आगामी दिनमा विभिन्न सरोकारवालाहरुको सहयोगमा त्यस कार्यलाई अझै ब्यवस्थीत गरिने अध्यक्ष दहालले बताउनु भएको छ ।



गत १२ गतेदेखि वडा वाईज शुरु गरिएको साधारणसभा २६ गते शुक्रबार संस्था प्राङ्गणमा समापन गरिएको छ । समापन कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष जानकारी दहालले गर्नु भएको थियो । साधारणसभा समापन कार्यक्रममा संस्थाका सल्लाहकारहरु संस्थापक अध्यक्ष सोविता पोखरेल, निवर्तमान अध्यक्ष भिमकुमारी न्यौपाने , पुर्व अध्यक्ष निर्मला लम्साल, कृष्ण प्रसाद पोखरेल , अर्जुन दहाल लगायतकाको उपस्थिति रहेको थियो ।

संस्थाले सहकारी नियमन प्राधिकरणको निर्देशनको पालना गर्दै अतिथि बिना नै साधारणसभा सम्पन्न गरेको बताइएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज सहकारी स्थानीय