११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हिमालमा विविध कार्यक्रम

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी सस्था लि. को आयोजनामा ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।

आइतबार संस्थाको प्राङ्गणमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । जसमा म्युजिकल चियर तर्फ दुर्गा सुवेदी, घैटो फुटाई तर्फ जोसिना बर्तौला तथा तातो आलु खेल तर्फ गृस्म लम्साल विजयी भएको संस्थाकी ब्यवस्थापक सुभद्रा घिमिरेले बताउनुभयो ।

त्यस्तै लोक दोहोरी तर्फ मन्दिरा देबकोटा, भारती घिमिरे, कमला देबकोटा र सावित्री रेग्मीको टोलि प्रथम भएको थियो भने बबिता ओझा, अनुस्का सापकोटा, झलक कुमारी सुवेदी र दुर्गा आचार्यको टोलि दोस्रो भएको थियो ।

दोहोरी गीतको निर्णायकमा संस्थाका पुर्व ब्यवस्थापक राधिका सापकोटा र सुभेक्षा दहाल रहनुभएको थियो ।

कार्यक्रम संस्थाकी अध्यक्ष सरस्वती अधिकारीको अध्यक्षतामा भएको हो ।

मनोरञ्जन मुख्य समाचार मुख्य समाचार (flash news) रोचक समाचार समाज सहकारी