अब जग्गाको सबै काम अनलाइनबाट नै हुने, बैंक वित्तीय संस्थाका कर्मचारी मालपोत धाउनु नपर्ने

काठमाडौं । अब जग्गाको रोक्का फुक्का लगायतका सबै काम अनलाइनबाटै हुने भएको छ । सरकारले अनलाइनबाट नै जग्गाको रोक्का तथा फुक्का गर्न मिल्ने प्रणाली विकास भएर कार्यान्वयनमा आउन लागेकाले सबै काम अनलाइनबाट नै हुने भएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले आगामी सातादेखि अनलाइन मार्फत जग्गाको रोक्का तथा फुक्का हुने व्यवस्था कार्यान्वयन गर्ने भएको छ ।विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले अब सबै काम अनलाइनबाट नै हुने बताए ।

भण्डारीले भने, ‘अनलाइनबाट जग्गाको रोक्का तथा फुक्का गर्न मिल्ने प्रणालीको विकास भइसकेको छ । अब केही दिनपछि लागू हुने छ । मालपोतहरुमा हुने भीड कम हुन्छ । मालपोत कार्यालयहरुलाई प्रविधिमैत्री बनाएर ‘फेसलेस’ वा ‘पेपरलेस’ गर्न हामीले यस्तो सेवा संचालन गर्न लागेका हो ।’

विभागले पहिलो चरणमा कर्मचारी संचयकोषले आफ्ना संचयकर्तालाई सापटी दिदा रोक्का राखेको जग्गा फुक्का वा सापटी दिनको लागि जग्गा रोक्का राख्ने कार्य अनलाइन मार्फत गर्ने तयारी भएको जानकारी दिए ।

अहिले जग्गा रोक्का तथा फुक्का गर्नको लागि सम्बन्धित संस्थाका कर्मचारीहरु मालपोत कार्यालय नै जानुपर्ने वाध्यता छ ।

 

अर्थ कृषि समाचार मुख्य समाचार रोचक विज्ञान प्रविधि शिक्षा समाचार समाज सहकारी