लटारम्बेश्वर महादेब मन्दिरमा खानेपानीको सुविधा हुँदै

मकवानपुरगढी- मकवानपुर जिल्लाको भिमफेदी र बकैया गाउँपालिकाको सिमानामा अवस्थित चर्चित लटारम्बेश्वर महादेब मन्दिरमा अब खानेपानीको सुविधा हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यलयवाट थप ३८ लाख बजेट स्विकृत भइ विद्युतीकरण कार्यक्रम संचालनको लागि कार्यदेश प्राप्त भएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनु भएको छ ।

साथै उक्त विद्युतवाट भीमफेदी गाँउपालिकाको ४० लाख लगानीमा झण्डै पन्ध्र सय मिटर तल चिलाउने लेकबाट खानेपानीलाई मन्दिर क्षेत्रमा लिफ्टीङ कार्य गरिने अध्यक्ष लामाले बताउनुभयो ।

आगामी आषाढ मसान्त सम्म उक्त कार्य सम्पन्न हुने बताइएको छ । अध्यक्ष लामाले आफ्नो फेसबुक मार्फत उक्त कुराको जानकारी गराउनु भएको छ । खानेपानीको सुविधा नहुँदा मन्दिर पुग्ने तिर्थालु भक्तजनलाई समस्या हुने गरेकोमा अब भने उक्त समस्याको समाधान हुने भएको छ । अध्यक्ष लामाको फेसबुक स्टाटस –

पर्यटन बागमती प्रदेश मुख्य समाचार रोचक समाचार स्थानीय